फाइल तस्वीर

समाचार

नेपाली सेनाका तीन सहायकरथीलाई उपरथीमा बढुवा गर्ने सरकारको निर्णय

By खबरहब

June 06, 2022

काठमाडौँ- सरकारले नेपाली सेनाका तीन जना सहायकरथीहरुलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सेनाका सहायक रथीहरु दीपक बानिया, यामप्रसाद ढकाल र होमनाथ दवाडीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारले उनीहरुको जिम्मेवारी पनि हेरफेर गर्ने निर्णय गरेको छ । यसअनुसार बानियालाई नेपाली सेनाको वार कलेज, ढकाललाई युद्ध मद्दति द्धति तथा युद्ध सेवा मद्धति विभागको प्रमुखमा र दवाडीलाई निरीक्षणाधिकृतको जिम्मेवारी दिइएको छ ।

बैठकले सेनाको पश्चिम कमाण्डका कमाण्ड सेनापति प्रेम शाहीको सरुवा गर्ने निर्णय पनि गरेको छ । उनको स्थानमा हिरालाल जोशीले कमाण्ड सेनापतिको जिम्मेवारी पाएका छन् । शाहीको सेनाको अनुसन्धान तथा विस्तार महानिर्देशनालयमा सरुवा भएको बताइएको छ ।