फाइल फोटो

बलिउड/हलिउड

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की !

By खबरहब

June 06, 2022

काठमाडौं– बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

उनलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको सलमानका बुबा सलिम खानले भारतीय मिडियालाई आइतबार बताएका छन् ।

सलिमले ‘मर्निङ वाक’ जाँदा आराम गर्न बेञ्चमा बसेका बेला उक्त पत्र भेट्याएका थिए । उक्त पत्रमा सलमानलाई ज्यान मार्ने धम्की दिइएको बताइएको छ ।

भारतीय मिडियाका अनुसार पत्रमा सलमानलाई सिद्दु मुसेवालाजस्तै बनाउने धम्की दिइएको छ ।

उक्त पत्र प्राप्त भएपछि सलमानका बुबा सलिमले प्रहरीमा उजुरी दिएका छन् । यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्की दिइएको थियो ।

सलमानले कालो हरिण मारेको मुद्दामा अदालत पुगेका बेला लरेन्स बिश्रोई नामक डनले उनलाई ज्यान मार्ने धम्की दिएका थिए ।

गत साता पञ्जावको मान्सा गाउँमा गायक तथा नेता सिद्दु मुसेवालाको हत्या गरिएको थियो । उनीमाथि २५ वटाभन्दा बढी गोली हानिएको बताइएको थियो ।

सोही समूहले सलमानलाई पनि ज्यान मार्ने धम्की दिएको हो ।