सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

अमेरिकामा गोली चल्यो, तीन जनाको मृत्यु

By खबरहब

July 06, 2022

काठमाडौं : अमेरिकाको इन्डियाना राज्यको ग्यारीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ।

ग्यारी सिटीमा एउटा पार्टी चलिरहेका बेला गोली हानाहान हुँदा कैयौं घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बिदा मनाउने क्रममा गोली चलेको स्थानीय प्रहरीले जनाएको छ। योसहित पछिल्लो २४ घण्टाभित्र देशभर तीन ठाउँमा गोली चलेको अमेरिकी संचारमाध्यामले जनाएका छन्।

यसैबीच पेन्सिलभेनियाको फिलाडेल्फिया सहरमा स्वतन्त्रता उत्सवका क्रममा पनि गोली हानाहान भएको घटना सार्वजनिक भएको छ।

यसअघि सिकागोमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको थियो।