बलिउड/हलिउड

मर्लिनको जीवनीमा बन्यो फिल्म ‘ब्लोन्ड’

By खबरहब

July 06, 2022

काठमाडौँ– फिल्ममा अत्यधिक सफलता पाए पनि व्यक्तिगत जीवनमा सधैँ दुःख पाएकी मर्लिन मुनरोको जीवनीमा बनेको फिल्म ‘ब्लोन्ड’ नेटफ्लिक्समा प्रदर्शन हुँदैछ । मर्लिनको भूमिका यो फिल्ममा एना डे आम्र्सले निर्वाह गरेकी छिन् । मर्लिनले जीवनमा तीन चोटि विवाह गरिन् र तीनै सम्बन्धमा धोका पाइन् । ड्रग्स ओभर डोजका कारण उनको कलिलै उमेरमा मृत्यु भयो । तर कसै कसैले भने मर्लिनले आत्महत्या गरेको पनि भन्ने गरेका छन् । 

कलिलो उमेर १६ वर्षमै आफू भन्दा ५ वर्ष जेठा जेम्स डोरोथीसँग विवाह गरेकी मर्लिनले त्यसको कारण ‘फोस्टर होम’ बताएकी थिइन् । विवाह गरेर बाहिर निस्कन पाए स्वतन्त्र भएर बाँच्न पाइन्छ भन्ने उनको चाहना थियो । त्यसको केही समय पश्चात जेम्स अमेरिकी नेभीमा भर्ना भएपछि मर्लिन र जेम्स छुट्टिए । यसरी छुट्टिएको केही समयपछि फोटोग्राफरको आँखामा परेपछि मर्लिन मोडलिङ हुँदै फिल्ममा प्रवेश गरेकी थिइन् ।  

त्यसपछिको समयमा थप दुई विवाह समेत गरेकी मर्लिन बच्चा खेर गएपछि नशाको लतमा फसिन् । नशा बढी भएपछि जगमगाउँदो फिल्म करिअर र जीवनबाट उनले बिदा लिएकी थिइन् । यसलाई नै नेटफ्लिक्सले ‘ब्लोन्ड’ मा देखाउदै छ।