फाइल फोटो

समाचार

आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

By खबरहब

July 06, 2022

काठमाडौं – सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबार  बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । विसं २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख थियो ।