तस्वीर- रोयटर्स/सामाजिक सञ्जाल

अन्तर्राष्ट्रिय

चीनमा महिलामाथि निर्घात कुटपिट, भिडियो भाइरल

By खबरहब

July 06, 2022

काठमाडौँ– चीनमा महिलाहरु निर्घात कुटिएको भिडियो भाइरल भएको छ । चीनमा एक रेस्टुरेन्टमा महिलाहरु कुटिएको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको हो ।

चीनको टाङशान शहरमा रहेको एक रेस्टुरेन्टमा यस घटना भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भिडियोमा रेस्टुरेन्टमा सँगै बसिरहेका तीन जना महिलाको सामुन्ने आएर एकजना पुरुषले एकजना महिलामाथि थप्पड हानेको देख्न सकिन्छ ।

त्यसपछि आसपास रहेका केही मानिसहरुले ती महिलामाथि निर्घात कुटपिट गरेको भिडियोमा देखाइएको छ ।

घटनामा दुई महिला घाइते भएर अस्पताल भर्ना गरिएको बताइएको छ । महिलामाथि कुटपिट भएको भिडियो भाइरल भएसँगै चीनमा यस घटनालाई लिएर तीव्र आक्रोश उत्पन्न भएको छ ।

अमेरिकी अखबार न्यु योर्क टाइम्समा लेख्दै भिभियन वाङ्ले यस घटनाले चीनमा महिला अधिकारप्रति चासो बढाएको जनाएका छन् ।