राजनीति

छानविनमा सहयोग गर्न राजीनामा दिए : अर्थमन्त्री शर्मा

By खबरहब

July 06, 2022

काठमाडौँ– पदबाट राजीनामा दिएको घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्माले आफूले कुनै गल्ती नगरेको र छानविनमा सहयोग गर्न राजीनामा दिएको बताए । 

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले बाहिर आएका विषयलाई छानविन गरि छिटो सत्यतथ्य जनतामाझ ल्याउनुपर्ने बताए । उनले छानविन समितिको रिपोर्ट आएपछि आफ्नो आत्मविश्वास प्रष्ट हुने तर्क गरे । 

बजेट निर्माण गर्दा आफूले स्थापित मूल्य मान्यताअनुसार नै काम गरेको उनको भनाई छ ।