फाइल तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

अफगानिस्तानका विद्यालय अझै खुलेनन्

By खबरहब

July 06, 2022

काठमाडौँ– अफगानिस्तानमा शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि मुलुकको पूर्वमा रहेको बडाखशान प्रान्तको पामिर क्षेत्रका विद्यालय खुल्न सकेका छैनन् ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन कब्जामा लिएपछि तालिबानले शिक्षामा ध्यान नदिएको भन्दै आलोचना भइरहेका बेला शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि पामिर क्षेत्रमा विद्यालय खुल्न नसकेका हुन् ।

‘संसारको छानो’ भनेर चिनिने सो क्षेत्रका विद्यार्थीहरुले भने तत्काल विद्यालय खोल्न सरकारसँग माग गरेका छन् ।

अफगानिस्तानबाट प्रसारण हुने टोलो न्युज च्यानलका अनुसार सो क्षेत्रमा शैक्षिक सामग्रीको पनि चरम अभाव देखा परेको छ । यससँगै विद्यार्थीहरुले विद्यालय खोल्न र शैक्षिक सामग्री उपलब्ध गराउन माग गरेका हुन् ।

‘विद्यालय खोल्न हामी सरकारसमक्ष आग्रह गर्दछौँ ता कि हामी पनि अरुजस्तै साक्षार बन्न सकौँ ।’ सो क्षेत्रका एकजना विद्यार्थी इब्राहिमले टोलो न्युजलाई भने ।