बलिउड/हलिउड

आलियाको ‘डार्लिङ्स’ अगस्ट ५ मा 

By खबरहब

July 06, 2022

काठमाडौँ– आलिया भट्टको निर्माणमा तयार भएको फिल्म ‘डार्लिङ्स’ को टिजर सार्वजनिक भएको छ । नेटफ्लिक्सको प्रस्तुति रहेको फिल्मलाई आलियाले शाहरुख खानको कम्पनि रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर तयार गरेका हुन् । आलियाकै मुख्य भूमिका रहेको फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । यो फिल्मबाट जसमित के रीनले फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।

डार्क कमेडी फिल्म ‘डार्लिङ्स’ मा आलियासँगै शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका रहेको छ । फिल्मले मुम्बईमा बस्ने आमा-छोरीको कथा प्रस्तुत गर्छ । उनीहरूको जीवनमा आउने  उतारचढाव र त्यसको लागि उनीहरूले गर्ने संघर्षको कथा फिल्मले प्रस्तुत गर्छ ।