फाइल तस्बिर

मनोरञ्जन

महानगरले भन्यो, ‘नवीकरण गर्ने व्यवसायको मनोरञ्जन कर तिरे नतिरेको चेकजाँच गर्नु’ 

By खबरहब

July 06, 2022

काठमाडौँ– काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर फिल्म हलसँग ५ प्रतिशत कर लिँदै आइरहेको छ। यद्यपि उक्त कर समयमा नबुझाएपछि महानगरपालिकाले बेलामै हल लगायत मनोरञ्जन क्षेत्रलाई कर तिर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महानगरले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन दिएको छ  । 

महानगरले सूचना जारी गर्दै फिल्म घर, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सांस्कृतिक प्रदर्शन हल, थिएटर, नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एण्ड स्पा, स्वीमिङ पुल र पार्कलाई मनोरञ्जन कर तिर्न भनेको हो ।