बलिउड/हलिउड

अक्षयले नछुटाउने काम 

By खबरहब

July 06, 2022

काठमाडौँ– प्राय बलिउड अभिनेता र अभिनेत्रीहरू पार्टीमा देखिने गर्छन । उनीहरूको गसिप वा अन्य विवाद र चर्चा पनि त्यस्तै स्थानबाट आउने गर्छ । यद्यपि यो शैलीमा फरक छन् , अक्षय कुमार । उनी पार्टी जादैनन् । अल्कोहल लिदैनन् । प्याकेटमा बनेका खानेकुरा खाँदैनन् । उनको यो शैलीलाई धेरैले तारिफ गर्छन यद्यपि पछ्याउने कमै छन् । त्यसैले उनको फिटनेसको चर्चा हुन्छ । किनकी उनको दिनचर्या अनुशासित छ ।

उनले यो दिनचर्या र जिन्दगीमा इन्जोइ गर्ने गरेको बताएका छन् । ‘मैले कसैको दबाब र करकापमा यो जिन्दगी रोजेको होइन, यसलाई म इन्जोइ गर्छु,’ अक्षयले भनेका छन् । उनले आफू हरेक दिन सूर्योदय देख्ने गरेको बताए । आफ्ना बुवा सैनिक भएकोले पनि यो तालिकाको विकास भएको समेत उनले बताए ।

‘म गर्व गर्छु हरेक दिन सूर्योदय हेर्न पाउँछु,’ अक्षयले भने, ‘म बिहानै ४ बजे उठ्छु , किनकि यो मैले नै आफूलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि-टाउनमा हुने गर्छ । उनी नजिकको सुटिङ सेटसम्म हिँडेरै जाने गर्छन् भने बिहानै दैनिक जिम पुग्छन् । उनले प्रायः छायांकन ८र९ घण्टामै सक्ने गरेका छन् । ‘अक्षयले बिहानै छायांकन थाल्छन् र बेलुकीसम्म प्याकअप गर्छन्,’ उनीसँग धेरै फिल्ममा काम गरिसकेका रितेश देशमुखले एक अन्तर्वार्तामा भने ।

यिनै अक्षय अहिले आफ्नो प्रदर्शनको क्रममा रहेको फिल्म ‘ुरक्षा बन्धन’ मा व्यस्त छन् । उनी पछिल्लो केही फिल्म फ्लप भएपछि यसपटक प्रचारमा ध्यान र समय दिइरहेका छन् । उनी बिहानै देखि बेलुकी ९ बजेसम्म फिल्मको काममै व्यस्त रहने गरेका छन् ।