साङ्केतिक तस्बिर

ब्रेकिङ स्टोरी

नुवाकोटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प, काठमाडौँसम्म महसुस

By खबरहब

August 06, 2022

काठमाडौँ – नुवाकोट केन्द्रबिन्दु भएर शनिबार बिहानै भूकम्प गएको छ ।

बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँलगायतका स्थानमा महसुस गरिएको थियो ।

यसअघि साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

हालसम्म यसै महिनामात्र ४ वटा पराकम्पन गइसकेका छन्।