खेलकुद

आर्सनलको विजयी सुरुवात

By खबरहब

August 06, 2022

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुवात गरेको छ।

शुक्रबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

भ्रमणकारी टोली आर्सनलको जितमा ग्याब्रिएल मार्टिनेलीले एक गोल गरे । यस्तै, घरेलु टोलीका मार्क गुएहिले आत्माघाती गोल गरेका थिए ।

जितसँगै आर्सनलले पहिलो खेलमा तीन अंक जोडेको छ। यसपटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधी दाबेदार प्रस्तुत गरेको छ।