फाइल फोटो

राजनीति

बाबुरामको नयाँ पार्टीको बैठक बस्दै

By खबरहब

August 06, 2022

काठमाडौँ – नेपाल समाजवादी पार्टीको बैठक आज बस्ने भएको छ।

बैठकमा आगामी निर्वाचनबारे छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् । त्यसैगरी चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने उनले बताए।

हालै दर्ता भएको पार्टी भएकाले संगठन निर्माणसम्बन्धी विषयमा पनि छलफल हुनेछ। केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी आवश्यक निर्णय हुने जनाइएको छ।