फाइल फोटो

राजनीति

लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबार बस्ने

By खबरहब

August 06, 2022

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले चुनावीकोबारेमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा गरेसँगै लोसपाले सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो।

बैठकमा चुनावी गठबन्धन र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ ।