अन्तर्राष्ट्रिय

भारतमा नयाँ उपराष्ट्रपतिका लागि आज निर्वाचन हुँदै 

By खबरहब

August 06, 2022

काठमाडौँ – भारतमा आज उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद् भवनमा मतदान हुँदैछ।

उपराष्ट्रपति पदका लागि सत्तारुढ एनडीएले यस पटक पश्चिम बंगालका गभर्नर जगदीप धनखरलाई उम्मेदवार बनाएको छ भने विपक्षी दल कंग्रेसले मार्गरेट अल्वालाई उम्मेदवार बनाएको छ ।

यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सम्भवतः आज साँझै नतिजा आउने सम्भावना रहेको बताइएको छ ।

वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ।