ब्रेकिङ स्टोरी

राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल हुने

By खबरहब

August 06, 2022

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढ्ने भएको छ। महाअभियोग प्रस्ताव संसदमा टेबुल भएको ६ महिना पुग्नै लाग्दा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच प्रस्ताव अघि बढाउने अनौपचारिक सहमति भएको हो।

संघीय संसद सचिवालयले आज जारी गरेको भोलिको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथिको छलफल हुने उल्लेख गरेको छ।

सत्ता गठबन्धनविरुद्ध लागेको भन्दै गत फागुन १ गते ९८ जना सांसदले राणाविरुद्ध महाअभियोग दर्ता गरेका थिए।

प्रमुख प्रतिपक्षी दल एमालेले महाअभियोग अघि बढाउन निरन्तर संसदमा माग गरिरहेको छ।