ब्रेकिङ स्टोरी

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

By खबरहब

August 06, 2022

काठमाडौँ– नेपालमा थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ९ सय ४२ पिसिआर परीक्षणका क्रममा ३ सय २६ जना र २ हजार ७ सय ७० एन्टीजेन परीक्षणका क्रममा ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ४ सय ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । 

हाल नेपालमा ५ हजार ६ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।