फाइल फोटो

राजनीति

ठूला पार्टीका नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरे : रवि लामिछाने

By खबरहब

August 06, 2022

 काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । 

 राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देशका ठूला दलका नेता र मन्त्रीहरू नै भष्ट्रचारमा लिप्त् भएको भन्दै अब देशको ढुकुटी रोक्न पनि नेपाली जनताले आगामी चुनावमा ठूला दलहरूलाई पाखा लगाउनुपर्ने बताए  । उनले ठूला पार्टीहरूले नेपाली जनतालाई आश्वासन मात्र बाँडेँर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाए । लामिछानेले ठूला दलका नेताहरूले नेपाली जनताले गर्व गर्न लायक काम एउटा पनि नगरेकोमा खेद प्रकट गर्दै ठूला दलका नेताहरूलाई आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता नभएको बताए ।

अध्यक्ष लामिछानेले आफूहरू २४ सैं घण्टा नागरिकको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको बताउँदै भ्रष्टाचारलाई न्यूनिकरण गर्न, जनताको असली शासन व्यवस्था ल्याउन आफू राजनीतिमा आएको जानकारी दिए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्नेमा जोड दिए ।