खेलकुद

इंग्लिस प्रिमियर लिग : टोटेनहमको सुखद सुरुवात

By खबरहब

August 06, 2022

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनमा टोटेनहमले सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४– १ गोल अन्तरले हराउँदै टोटेनहमले सिजनको सुखद सुरुआत गरेको हो।

टोटेनहमका लागि रायन सेसेग्नोन, एरिक डियर र डेजन कुलुसेभास्कीले एक एक गोल गरे ।

साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काउदा मोहमद सालिसुले एक आत्मघाती गोल गरे ।जितसँगै टोटेनहमले पहिलो खेलमै ३ अंक जोडेको छ ।

यस्तै लिड्स युनाईटेडले पनि सुखद सुरुआत गरेको छ । लिड्सले उल्भ्सलाई २–१ गोल अन्तरले हरायो ।