अन्तर्राष्ट्रिय

दक्षिण एसियाका जलवायु परिवर्तन अभियान्ता काठमाडौँमा

By खबरहब

September 06, 2022

काठमाडौँ : जलवायु परिवर्तनका अभियान्ता काठमाडौँ आएका छन् । दक्षिण एसियामा जलवायु परिवर्तनमा काम गरिरहेका अभियान्ता, सरोकारवाला, विषयविज्ञ र विभिन्न देशका सरोकारवाला काठमाडौँमा जम्मा भएका हुन् ।

मंगलबार र बुधबार काठमाडौँमा हुन लागेको लागेको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ विषयक पहिलो कार्यक्रममा सहभागी हुन दक्षिण एसियाका उच्चस्तरीय जलवायु परिवर्तन अभियान्ता तथा सरोकारवाला काठमाडौँको ¥याडिसन होटलमा जम्मा भएका हुन् ।

आइएसएसआरको मूल आयोजनामा हुन गइरहेको कार्यक्रमको प्रमुख अतिथी वन तथा वातावरणमन्त्री प्रदीप यादव प्रमुख अतिथी छन् । मंगलबारदेखि सुरु हुने कार्यक्रम बुधबारसम्म चल्नेछ । दक्षिण एसियाका १२० जनाभन्दा बढी सरोकारवाला कार्यक्रममा सहभागी छन् ।