फाइल फोटो

ब्रेकिङ स्टोरी

मंसिर चारपछि संसद् रहँदैन, दुबिधा छैन : प्रचण्ड 

By खबरहब

September 06, 2022

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनोनयन दर्तापछि संसद्को आयु सकिने बताएका छन् । मंगलबार धनगढी आएका उनले यस्तो बताएका हुन् ।

‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुबिधा छैन ।’

उनले प्राविधिक कारणले प्रमुख सचेतकहरूले संसद्काे आयु लम्ब्याउने साेचेपनि त्यो नहुने उनले बताए । ‘उहाँहरूले त्यो सोच्नु भए पनि पछि गठबन्धनका शीर्ष नेतृत्वहरू बसेर यसरी सोच्नु हुँदैन, कहीँ ईफ-बट केही हुँदैन भनेर सल्लाह भइसकेको छ ।’ उनले भनेका छन् ।

सरकारले संसद्को आयु बढाउन फास्टट्रयाकबाट विधेयक ल्याउन थालेपछि चौतर्फी विरोध भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले संसद्को गरिमा नरहने भन्दै राजीनामा दिएका थिए ।