मुख्य समाचार

माओवादीले ६० सिट वरिपरि पाउने सम्भावना छ : प्रचण्ड

By खबरहब

September 06, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुङ्गो लाग्ने दाबी गरेका छन्।

मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटि टुङ्ग्याउने गरी कार्यदलमा छलफल भइरहेको भन्दै बुधबारसम्म सबै टुङ्गो लाग्ने बताए।

 गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० र नेकपा एकीकृत समाजवादी र जसपाले २५–२५ सिटमा दाबी गरिरहेको भन्दै त्यसको वरिपरि सहमति जुट्ने उनले बताए ।