मुख्य समाचार

भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

By खबरहब

September 06, 2022

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।

त्यस्तै भारतका सेनाध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गरेका थिए । यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । उनले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गरेका थिए ।