फाइल तस्वीर

अन्तर्राष्ट्रिय

बुर्किना फासोमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु

By खबरहब

September 06, 2022

काठमाडौँ- अफ्रिकी मुलुक बुर्किना फासोमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । गुडिरहेको गाडीले घरेलु शैलीमा निर्माण गरिएको विस्फोटक पदार्थ (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस –आईईडी) लाई ठक्कर दिँदा विस्फोट भएको हो ।

विस्फोटमा अरु ३७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी वागाडुगु तर्फ जाँदै गरेको गाडीले मुलुकको उत्तरमा रहेकाहरु शहर जिबो र बोरजाङ्गा बीचको सडकमा विस्फोटक पदार्थ सित ठोकिदा उक्त दुर्घटना भएको साहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले बताएका छन् ।

‘नागरिकहरू बोकेको एउटा गाडीले विस्फोटक यन्त्रमा ठोक्किएपछि विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्,’ बुर्किनाबे अधिकारीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

बुर्किना फासोमा सन् २०१५ देखि असुरक्षा बढ्दै गएको छ जसका कारणयहाँ हजारौँको मृत्यु भएको छ र अन्य १९ लाखभन्दा बढी विस्थापित भएका छन् ।