ब्रेकिङ स्टोरी

बाल यौन दुरुपयोग मुद्दामा पल शाह दोषी ठहर, २ वर्ष ६ महिना कैद

By खबरहब

September 06, 2022

काठमाडौँ – किशोरी बलात्कारको अभियोगमा नायक पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ ।

साथै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ । अदालतले बलात्कारको मुद्दामा भने सफाई दिएको छ ।