तस्वीर- वायोअन/ ट्वीटर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा हिन्दू धर्मावलम्बीविरुद्ध ईश निन्दाको मुद्दा दायर

By खबरहब

September 06, 2022

काठमाडौँ– पाकिस्तानमा एकजना हिन्दू धर्मावलम्बीमाथि ईश निन्दाको मुद्दा दायर गरिएको छ । पाकिस्तानको हैदरवाद सहरमा व्यक्तिगत दुश्मनी साँध्न एकजना हिन्दू धर्मावलम्बीमाथि ईश निन्दाको मुद्दा दायर गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

ती हिन्दू धर्मावलम्बी स्थानीय सरसफाई गर्ने कामदार रहेको जनाइएको छ । ईश निन्दाको मुद्दा दायर गरिएपछि ती हिन्दू धर्मावलम्बीको विरोधमा हिंसात्मक प्रदशर्नको समेत आयोजना गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका पत्रकार मुबसिर जइदले जानकारी दिएका छन् ।

अशोक कुमार नाम गरेका ती हिन्दू धर्मावलम्बीमाथि ईस्लाम धर्मको पवित्र ग्रन्थ कुरआनको अपमान गरेको आरोप लगाइएको छ ।

स्थानीय व्यवसायी बिलाल अब्बासीसँग व्यक्तिगत झगडा परेपछि ईश निन्दाको मुद्दा दायर गरिएको हो ।

पाकिस्तानमा ईश निन्दाको कानून निकै कठोर मानिन्छ । आलोचकहरुले भने देशमा रहेका अल्पसङ्ख्यकमाथि दमन गर्न यस्तो कानूनको दुरुपयोग हुँदै आएको बताउने गरेका छन् ।