खेलकुद

हालाण्ड चम्किँदा सिटीको शानदार जित

By खबरहब

October 06, 2022

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली प्रदर्शन जारी राखेको छ।

समूह चरण अन्तर्गत बुधबार राति सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालाण्डले २ दुई गोल गरे ।

रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

कोपनहेगनलाई ५–० ले पराजित गर्दा सिटीले लगातार विजयी यात्रा कायम राख्दै नकआउट सम्भावना बलियो बनाएको छ।

समूहमा सिटीले ३ खेलमा ९ अंक जोडेको छ। कोपनहेगन एक अंक जोडेर पुछारमा रहेको छ।