क्रिकेट

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

By खबरहब

October 06, 2022

काठमाडौँ – नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

नावालिगामाथि यौन दुर्व्यवहार र बलात्कारको आरोप लागेका पूर्व कप्तान लामिछाने फरार रहँदै आएका थिए ।

पक्राउ परे लगत्तै उनी माथिको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।