फाइल फोटो

ब्रेकिङ स्टोरी

सिट बाँडफाँडका लागि गठबन्धनको बैठक जारी

By खबरहब

October 06, 2022

काठमाडौँ – नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बीचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ ।

आगामी ४ मंसिरका लागि तय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी अर्थात् सिट बाँडफाँडका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी रहेको नेताहरुले बताएका छन्।

औपचारिक रुपमा नै जसपाले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ।

नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । यी असन्तुष्टीका बिचमा सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा बसिरहेको हो ।