क्रिकेट

टि-ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै नेदरल्याण्ड

By खबरहब

November 06, 2022

काठमाडौं- टि-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल चलिरहेको छ।

टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् थालेको नेदरल्याण्डले ताजा अवस्थामा ५५ रन बनाएको छ।

यस्तै आजै बङ्गलादेश र पाकिस्तान बिहान पौने १० बजे खेल्दा भारत र जिम्बाबे बीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

समूह बी मा समान चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेर ४–४ अङ्क जोडे पनि रनरेटका आधारमा पाकिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्।

चार खेलमा ३ मा जित र एकमा हार व्यहोरेको भारत ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ।

यसअघि शनिबार भएको खेलमा श्रीलङ्कालाई ४ विकेटले हराउँदै इङ्ग्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।