क्रिकेट

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

By खबरहब

November 06, 2022

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन्। आइतबार प्रदेश १ र लुम्बिनी प्रदेश कीर्तिपुर मैदानमा खेल्दा गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लबबीच मुलपानी मैदानमा खेल हुनेछ।

दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ। समान तीन खेल खेलेका लुम्बिनी र प्रदेश १ एक खेलमा जित र दुई खेलमा हार व्यहोर्दै दुई अङ्क जोडेर तालिकाको तेस्रो र चौथो स्थानमा छन्।

यस्तै ५ अङ्क जोडेर गण्डकी समूह ए को दोस्रो स्थानमा छ भने आर्मी २ अङ्कसहित तेस्रो स्थानमा छ। हिजोको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ।