क्रिकेट

नेदरल्याण्डको १५९ रनको चुनौती : जवाफी ब्याटिङ गर्दै दक्षिण अफ्रिका

By खबरहब

November 06, 2022

काठमाडौं– टि–ट्वान्टी विश्वकप अन्तर्गत आइतबार जारी खेलमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १५९ रनको चुनौती दिएको छ ।

टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले चार विकेटको क्षतिमा १५८ रन बनाएको हो । अहिले दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ गरिराखेको छ । जारी खेलमा १५ ओभर पूरा गर्दा दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ११४ रन बनाएको छ ।

यस्तै आजै बङ्गलादेश र पाकिस्तान बिहान पौने १० बजे खेल्ने छन् भने भारत र जिम्बाबे बीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

समूह बी मा समान चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेर ४–४ अङ्क जोडे पनि रनरेटका आधारमा पाकिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्।

चारमा ३ खेलमा जित र एकमा हार व्यहोरेको भारत ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ।

यसअघि शनिबार भएको खेलमा श्रीलङ्कालाई चार विकेटले हराउँदै इङ्ग्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।