राजनीति

कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

By खबरहब

November 06, 2022

चितवन‍ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ।

गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान सवा ५ बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो।

उनको भोलि दिउँसो साढे १२ बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ। उनका तीन छोरा र दुई छोरी छन्।

विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको थियो। उनका श्रीमान् टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुन्।

कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ। जिल्ला सभापति राजेश्वर खनालले उनको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताए। स्व गुरुङले पार्टीमा पुर्‍याएको योगदानको कांग्रेसले सम्मान गर्ने उनले बताए।