राजनीति

एकसय भन्दाबढी नेता कार्यकर्ता एमालेबाट माओवादीमा प्रवेश

By खबरहब

November 06, 2022

सिराहा – सिराहामा चुनावको मुखमै नेकपा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गोल बजार-४ भट्टटोलमा एक समारोहको आयोजित कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा सिराहा क्षेत्र नम्बर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर उनीहरूलाई स्वागत गरे। उनीहरू गोल बजार-४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोल बजार- ६ का अरुण कुमार साहलगायत रहेका छन्।

नवआगन्तुकहरुलाई पार्टीमा स्वागत गर्दै नेता साहले आगामी मंसिर ४ को निर्वाचनको  कार्यमा जुट्न समेत अनुरोध गरेका छन्। उनले आफू पदमा रहँदा वा नहुँदा सधैँ जनताको सेवामा रहेको सुनाए। उनले भने, ‘मैले राजनीतिक जीवन सुरू गरेदेखि नै जनताको काममा निरन्तर लागिरहेको छु, सत्तामा हुँदा बढी र बाहिर रहँदा कम मात्र हो।’

सोही क्रममा उनले यो क्षेत्रको विकासको काममा पनि आफू सधैँ लागि परेको नेता साहले बताए। उनले यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता हरेक पूर्वाधार विकासमा पनि आफ्नो पार्टीले काम गरेको बताए।