ब्रेकिङ स्टोरी

‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

By खबरहब

November 06, 2022

काठमाडौँ- सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन आयोगका नाममा यस्तो आदेश दिएको हो । सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

यसअघि ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको कदम अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल रहेको दाबीसहित वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट दायर गरेका थिए । साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुबै पक्षलाई बोलाइएको छ ।