सांकेतिक तस्बिर

देश/प्रदेश

आगोमा जलेर पाँच महिने शिशुको मृत्यु

By खबरहब

November 06, 2022

धनगढी- बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो । यस्तै आजै बाजुराको सदरमुकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो ।

बिजुलीको तार सट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए । उनका अनुसार स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी र नेपाली सेनाले आगो नियन्त्रणमा लिइएको थियो । आगोले तीन तले घर पुरै जलेर नष्ट भएको छ। तर, यहाँ मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।