तस्वीर- टीबीसी

अन्तर्राष्ट्रिय

भिक्टोरिया तालमा तान्जानियाली विमान दुर्घटना

By खबरहब

November 06, 2022

काठमाडौँ- अफ्रिकाको सबैभन्दा ठूलो भिक्टोरिया तालमा तान्जानियाली विमान दुर्घटनामा परेको छ । अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सीएनएनका अनुसार भिक्टोरिया तालमा प्रेसिजन एअरको विमान दुर्घटनामा परेको हो ।

प्रेसिजन एअरका अधिकारीका अनुसार बुकोबा विमानस्थल नजिकैविमान खसेको थियो । अधिकारीहरुका अनुसार विमानमा दर्जनौं यात्रु रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै यकिन भइसकेको छैन ।

प्रेसिजन एयर दार एस सलाम सहरमा आधारित तान्जानियाको एयरलाइन्स हो । अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।