फाइल तस्वीर

राजनीति

गृहजिल्ला डडेल्धुरामा चुनाव प्रचार गरेर प्रधानमन्त्री देउवा धनगढी फर्के

By खबरहब

November 06, 2022

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेल्धुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा डडेल्धुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवा सोमबार काठमाडौँ फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए ।