समाचार

राजश्व छली गरेको अभियोगमा मुद्दा

By खबरहब

November 06, 2022

काठमाडाैँ– राजश्व अनुसनधान विभागले राजश्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले गुप्ता विरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजश्व चुहावट गरेको अभियोग लगाएको छ ।

विभागले रु तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।