फाइल तस्वीर ।

राजनीति

मतदाताको गुनासा र सुझाव लिन प्रदीप पौडेलले सार्वजनिक गरे हटलाइन नम्बर

By खबरहब

November 06, 2022

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सार्वजनिक गरेका छन् । पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाव संकलनका लागि हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गरेका हुन् ।

‘चुनावी घरदैलोमा प्रत्येक मतदाताकहाँ जानेक्रममा कतै सम्पूर्ण सदस्य कामकाजमा व्यस्त भएकाले निवासमा भेटिनुभएन भने कतै परिवारका पुरा सदस्यलाई भेट्न पाइएन,’ प्रदीपले भने, ‘जसलाई मैले चाहेर पनि भेट्न सकिन उहाँहरुले फोनबाटै सल्लाह सुझाव दिनुहुनेछ भनेर मैले हटलाइन नम्बर सार्वजनिक गरेको हुँ । तपाईंहरुको सुझाव काठमाडौं ५ का निमित्त मार्गनिर्देशन बन्नेछ । त्यही सुझावलाई नै आत्मसाथ गर्दै अघि बढ्नेछु ।’

त्यसैले सार्वजनिक नम्बरमा पौडेलसहित काठमाडौं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकड गर्न सक्छन् । काठमाडौं ५ को प्रदेश सभा ‘क’मा कांग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’ मा श्यामबहादुर खड्का चुनावी मैदानमा छन् ।