खेलकुद

चेल्सीलाई हराउँदै शीर्ष स्थानमा पुग्यो आर्सनल

By खबरहब

November 06, 2022

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई १– ० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गरे । खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए । जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । चेल्सी २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।