फाइल तस्बिर

देश/प्रदेश

तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६ डिग्रीमा झर्‍यो

By खबरहब

December 06, 2022

काठमाडौं – देशभर चिसो बढेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ।

मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ।

पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ।

हाल पहाडी भूभागमा आंशिक बदली छ।