अन्तर्राष्ट्रिय

सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा अफगानिस्तानमा सात जनाको मृत्यु

By खबरहब

December 06, 2022

काठमाडौँ- अफगानिस्तानको उत्तरमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । विस्फोटमा अरु छ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम किच्दा घटना भएको हो ।

यसैबीच, नाम उल्लेख गर्न नचाहने एकजना प्रत्यक्षदर्शीले मृतकको सङ्ख्या पुष्टि गरिएको भन्दा बढी हुन सक्ने बताएका छन् । हालसम्म विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।