प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा वैदेशिक लगानी ५२ प्रतिशतले घट्यो

By खबरहब

December 06, 2022

काठमाडौँ– चालू आर्थिक वर्षको पहिलो चार महिनामा पाकिस्तानमा प्रत्यक्ष वैदेशिक लगानी ५२ प्रतिशतले घटेको पाइएको छ । खराब आर्थिक अवस्था एवम् राजनीतिक अस्थीरताका कारण वैदेशिक लगानी घटेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानको केन्द्रिय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षको जुलाईदेखि अक्टोबर महिनासम्म पाकिस्तानमा केबल ३४ करोड ८३ लाख डलर बराबर वैदेशिक लगानी भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो ७२ करोड ६५ लाख डलर रहेको डनले उल्लेख गरेको छ ।

पछिल्ला केही वर्षयता पाकिस्तानमा वैदेशिक लगानी घट्दै गएको जनाइएको छ । यस अवधिमा पाकिस्तानमा सबैभन्दा धेरै चीनबाट वैदेशिक लगानी भित्रिएको छ ।

डनले जनाएअनुसार यस अवधिमा चीनबाट पाकिस्तानले ७ करोड ४८ लाख डलरको लगानी भित्र्याएको छ । अघिल्लो वर्षको यही अवधिमा चीनबाट पाकिस्तानमा ९ करोड ९५ लाख डलर लगानी आएको थियो ।