अन्तर्राष्ट्रिय

फिलिपिन्समा १८ बर्ष पुरा नभए विवाह गर्न नपाइने

By खबरहब

January 07, 2022

काठमाडौँ – फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ ।

कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो ।

बिहीबार घोषणा गरिएको कानून अनुसार १८ बर्ष पुरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने र एउटै कोठामा बस्न नपाउने भएका छन् ।

दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकहरु मध्ये १२ औं अग्रस्थानमा पर्दछ ।

राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरेर जारी गरेको नयाँ कानुनले लैङ्गिक समानता, स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उनले जारी गरेको कानून उलङ्घन गर्नेलाई १२ बर्ष जेल सजायको व्यवस्था गरिएको पनि समाचारमा जनाइएको छ ।