बलिउड/हलिउड

आमिर र संजीदाको डिभोर्स

By खबरहब

January 07, 2022

मुम्बई(अमर उजाला)– टेलिभिजन अभिनेता आमिर अली र अभिनेत्री संजीदा शेखले वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् । केही समयअघिदेखि उनीहरुको सम्बन्धमा तनाव उत्पन्न भइरहेको खबर आइरहँदा उनीहरुबीच औपचारिक रुपमै डिभोर्स भएको हो । यद्यपि आमिर र संजीदाले यो विषयमा कुनै पुष्टि गरेका छैनन् ।

समाचारअनुसार जोडीले हालसम्म आफूहरुको डिभोर्सको विषयमा कुनै पनि किसिमको भनाई राख्न चाहेका छैनन् । किनकी उनीहरुले सम्बन्धलाई गोप्य राख्न चाहेका छन् ।

आमिर र संजीदाले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरु लामो समयदेखि एकअर्कालाई चिन्दथे र त्यसै अनुसार डेट गरेका थिए । उनीहरुले विवाह गरेको नौ वर्ष पुरा भइसकेको छ । उनीहरुको सम्बन्धमा खटपट सन् २०२० देखि सुरु भएको थियो । त्यही समयदेखि उनीहरु अलग–अलग बस्ने गरेको खबर पनि बाहिर आएको थियो ।

यो जोडीको सेरोगेसीका माध्यमबाट एक छोरी जन्मिएको छ । जसको नाम आर्या हो । यस विषयमा पनि दुवैले आधिकारिक रुपमा पुष्टि गरेका थिएनन् । उनीहरु निकटका अनुसार जोडीको नौ महिना अघि नै डिभोर्स भइसकेको छ र छोरीको स्याहारसुसारको जिम्मेवारी संजीदाले पाएकी छन् ।