राजनीति

ओलीले गरे एमाले जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन, सहमति गर्न आग्रह (भिडियो)

By खबरहब

January 07, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६३ वटा जिल्ला अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गरेका छन् ।

ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट एकसाथ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा ओलीले सकेसम्म सहमति गर्न जोड दिए । उनले सहमति र एकतावद्ध भएर सहमतिमा पुग्न र सहमति नभएर निर्वाचनमा जान पनि आग्रह गरे ।

गत मंसिरमा सम्पन्न गरेको एमालेले आज जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

यस्तै एमालेले माघमा प्रदेश अधिवेशन गर्ने तयारी थालेको छ ।

भिडियो: