आर्थिक

सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

By खबरहब

January 07, 2022

काठमाडौँ– नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

सीजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् ।

यस्तै, उपाध्यक्षमा अन्नपूर्ण पोस्ट् दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सह सचिवमा गोरखापत्र दैनिकका भेषराज बेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मेरोलगानी डटकमका सुधा देवकोटा र विकास न्यूज डटकमका सन्तोष रोकाया चयन भएका छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।