खेलकुद

अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई

By खबरहब

February 07, 2022

काठमाडौं- अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ। आइतबार राति भएको खेलमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि उचालेको हो।

निर्धारित ९० मिनेट र थप गरिएको समयमासमेत दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा इजिप्तलाई ४-२ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो। सेनेगलको लागि साडियो मानेले गरेको गोल नै निर्णायक बन्यो।